सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

महामाया भवानी माविमा चुनाव: गठबन्धनलाई पराजित गर्दै काँग्रेस निकट उम्मेदवार विजयी

महामाया भवानी माविमा चुनाव: गठबन्धनलाई पराजित गर्दै काँग्रेस निकट उम्मेदवार विजयी

images
  • 663
    SHARES

  • images
    images
    images
    महामाया भवानी माविमा चुनाव: गठबन्धनलाई पराजित गर्दै  काँग्रेस निकट उम्मेदवार विजयी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह- ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ।

    विद्यालय व्यवस्थापन समितिको सोमबार सम्पन्न निर्वाचनमा नेपाली काङ्ग्रेस निकट उम्मेदवारहरुले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्र सहितको गठबन्धनलाई पराजित गर्दै विव्यासमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    कुल ३५१ मतदाता रहेको विद्यालय व्यवस्थापन समितिको सोमबार सम्पन्न मतदानमा २६९ मत खसेको थियो। जसमध्ये २ मत वदर भएको थियो।

    मतगणनाको अन्तिम नतिजा अनुसार नेपाली काँग्रेस निकट उम्मेदवारहरु कृष्ण श्रेष्ठले १४८ मत, ओमप्रकाश श्रेष्ठले १५१ मत, सरस्वती पोखरेलले १५४ मत र शान्ति एसकेले १४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

    यता संयुक्त गठबन्धन बनाएर निर्वाचनमा होमिएको एमाले, माओवादी, रास्वपा लगायतबाट उम्मेदवार बनेका सिमा चौधरीले ११३ मत, मनबहादुर दर्जीले १११ मत, कोपिला पुनले ११२ मत, र केशरी गुरुङ १०७ मत प्राप्त गरेको निर्वाचन मण्डलका संयोजक पर्शुराम ढकालले जानकारी दिए।

    निर्वाचन मण्डलको सदस्यहरुमा वडा नम्बर ४ का अध्यक्ष दमननाथ रेग्मी, प्राचार्य ऋषिश्वर अर्याल र छिमेकी विद्यालयका प्राचार्य कृष्ण अर्याल रहेका थिए।

    विद्यालय व्यवस्थापन समितिमा ४ जना उम्मेदवार निर्वाचित हुने व्यवस्था रहेको छ। बाकी १ जना सम्बन्धित वडको जनप्रतिनिधि, विद्यालयको प्रधानाध्यापक र १ जना शिक्षक प्रतिनिधि सदस्य बन्ने प्रावधान रहेको छ।

    निर्वाचित भएका ४ जनाले स्थानीय, समाजसेवी, शिक्षा क्षेत्रमा योगदान पुर्याएका २ जना मनोनीत गरि निर्वाचित र मनोनीत भएका ६ जना मध्य एक जना अध्यक्षमा मनोनीत हुने निर्वाचन अधिकृत पर्शुराम ढकालले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij