सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

स्पष्ट रोडम्यापका साथ नेकपा एमाले जनताको बीचमा आएको छ : दधिराम न्यौपाने

स्पष्ट रोडम्यापका साथ नेकपा एमाले जनताको बीचमा आएको छ : दधिराम न्यौपाने

images
  • 301
    SHARES

  • images
    images
    images
    स्पष्ट रोडम्यापका साथ नेकपा एमाले जनताको बीचमा आएको छ : दधिराम न्यौपाने
    images
    images
    images

    देवदह । नेकपा एमाले स्पष्ट रोडम्यापका साथ जनताको बीचमा आएको केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताउनुभएको छ । देशलाई समृद्ध बनाउने, जनताको जीवनस्तर माथि उठाउने, रोजगारीको सृजना गर्ने, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने लगायतका दृष्टिकोण बोकेर एमालेले आफूलाई निर्वाचनमा उभ्याएको नेता न्यौपानेले बताउनुभयो ।

    नेकपा एमाले देवदह–६ को शाखा भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक अनुभव नभएका र राजनीतिलाई फोहोरी खेल भन्नेहरू सिगारिएर अगाडि बढ्नुले देशलाई भू–राजनीतिक संकटमा फसाउन सक्ने आशंका व्यक्त गर्नुभयो । रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहनुभएका नेता न्यौपानेले उत्तर र दक्षिणको भन्दा पनि आकाशको छिमेकीबाट देशलाई खतरा रहेको औँल्याउँदै आम मतदाताहरू सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

    images
    images
    images

    देवदह ऐतिहासिक महत्वको क्षेत्र भएको र त्यसको विकासका लागि एमालेको जित आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । अव्यवस्थित बसोबासीका लागि नेकपा एमालेले ल्याएको नीति तथा कार्यक्रमले भूमिहीनलाई जग्गाको मालिक बनाउने बाटो खोलेको उहाँको दाबी थियो ।

    एमालेका ज्येष्ठ सदस्य नेत्रप्रसाद काफ्लेको अध्यक्षता, पार्टी जिल्ला विभाग सदस्य खेमबहादुर थापाको स्वागत तथा शाखा इन्चार्ज विष्णु वरालको सञ्चालनमा भएको कार्यक्रममा वडाका केउली, सटाखोला, उजेरी, सरनवारी, मिलनचोक, शिवालय टोल, लक्ष्मीनगर, अमरसिंह चोक लगायतका स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा १५ जनाभन्दा बढी विभिन्न पार्टीका व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका थिए । भेलाले शिवप्रसाद ढुंगाना संयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij