मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पाल्पादेखि दशगजा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिन एमालेको जित अपरिहार्य : दधिराम न्यौपाने

पाल्पादेखि दशगजा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिन एमालेको जित अपरिहार्य : दधिराम न्यौपाने

images
  • 402
    SHARES

  • images
    images
    images
    पाल्पादेखि दशगजा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिन एमालेको जित अपरिहार्य : दधिराम न्यौपाने
    images
    images
    images

    देवदह । नेकपा एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले नेकपा एमालेबाहेक अन्य कुनै पनि पार्टीसँग मुलुक बनाउने स्पष्ट दृष्टिकोण र योजना नरहेको बताएका छन्। देश विकासका लागि दीर्घकालीन सोच र कार्यान्वयनयोग्य योजना आवश्यक रहेकोमा जोड दिँदै उनले त्यसको नेतृत्व गर्न सक्षम पार्टी एमाले मात्रै भएको दाबी गरे।

    देवदह–५ स्थित नेकपा एमाले निर्वाचन परिचालन तथा प्रसार कार्यालयको उद्घाटन गर्दै न्यौपानेले मुलुकका हरेक समस्या समाधान गर्ने सामर्थ्य एमालेसँग मात्रै रहेको बताए। नेकपा एमाले क्षेत्र नम्बर १, रुपन्देहीका प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले सूर्यध्वजा वहन गर्ने एमाले उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर लाग्न कार्यकर्ता तथा समर्थकलाई आग्रह गरे।

    images
    images
    images

    नेता न्यौपानेले दशगंजादेखि पाल्पा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिन एमालेको जित अपरिहार्य रहेको उल्लेख गरे। नयाँ पार्टीहरूलाई लक्षित गर्दै उनले सिँहदरबार जलाउनेहरूले देश निर्माण गर्न नसक्ने टिप्पणी गरे। उनले नयाँ भनिएका पार्टीहरु सङ्ग देश विकासका लागि स्पष्ट योजना र ठोस दृष्टिकोण नै नभएको समेत आरोप लगाए। नेता न्यौपानेले नेकपा एमाले रुपान्तरणसहित निर्वाचनमा होमिएको बताउँदै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    शाखा कमिटीका इन्चार्ज विकास गहतराजको अध्यक्षता तथा गणेश डुम्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij