लुम्बिनी पाना, ४ फागुन। रुपन्देही जिल्ला क्षेत्र नम्बर–१ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराबहादुर खत्रीले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। सोमबार तिलोत्तमा नगरपालिका–१५ र १६ का विभिन्न टोल तथा बस्तीमा पुगेका खत्रीलाई मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन्। स्थानीय विकासप्रेमी युवा नेताका रूपमा परिचित खत्रीलाई विजयी गराउने आश्वासन मतदाताले व्यक्त गरेका छन्।
मतदाताहरूले स्थायी र स्थानीय उम्मेदवारले नै क्षेत्रको समग्र विकास गर्न सक्ने भन्दै खत्रीलाई समर्थन जनाएका हुन्। भेटघाटका क्रममा खत्रीले कृषि, पर्यटन, पूर्वाधार विकास र सामुदायिक उत्थानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। क्षेत्र नम्बर–१ मा कृषि र पर्यटनको पर्याप्त सम्भावना रहेकाले त्यसलाई समुदाय र कृषकको हितमा प्रयोग गर्ने योजनामा आफू गम्भीर रहेको उनले बताए।
घरदैलो अभियान अन्तर्गत क्षेत्र नम्बर–१ का विभिन्न पालिकामा मतदातासँग सल्लाह–सुझाव लिने क्रम जारी रहेको निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij