सोमवार, आश्विन १२ गते २०८३
देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले देशको अस्तित्व रक्षाका लागि आफ्नो पार्टीलाई मत दिन मतदातासमक्ष आग्रह गरेका छन्।
बुधबार देवदह -९ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बोहराले अस्थिर राजनीतिक अवस्थाले देश संकटतर्फ उन्मुख भएको दाबी गर्दै राष्ट्रियता, धर्म, संस्कृति र सुशासनको संरक्षणका लागि राप्रपाको आवश्यकता रहेको बताए। उनले मुलुकमा बढ्दो बेरोजगारी, आर्थिक मन्दी र भ्रष्टाचार अन्त्यका लागि वैकल्पिक शक्तिको रूपमा राप्रपा अघि बढेको उल्लेख गरे।
“देश जोगाउने अभियानमा सबै नागरिक एकजुट हुनुपर्छ,” उनले भने, “स्थिर सरकार, बलियो राष्ट्र र जनताको अधिकार सुनिश्चित गर्न राप्रपालाई मतदान गर्नुहोस्।”
बोहराले आफ्नो निर्वाचन क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा विशेष योजना अघि सारेको जानकारी दिँदै निर्वाचित भएमा प्रतिबद्धताअनुसार काम गर्ने बताए।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्साल, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij