सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लालपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन्छु : रुपन्देही -१ का उम्मेदवार दधिराम न्यौपाने

लालपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन्छु : रुपन्देही -१ का उम्मेदवार दधिराम न्यौपाने

images
  • 141
    SHARES

  • images
    images
    images
    लालपुर्जा वितरणलाई पहिलो प्राथमिकता दिन्छु : रुपन्देही -१ का उम्मेदवार दधिराम न्यौपाने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने दधिराम न्यौपानेले दाबी गर्नुभएको छ।

    प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ र ११ मा आयोजित घरदैलो कार्यक्रममा नागरिकसँग संवाद गर्दै उहाँले यस्तो बताउनुभएको हो। एमाले सरकारले नागरिकलाई जग्गाको लालपुर्जा प्रदान गर्ने तयारी गरिरहेको अवस्थामा समस्या समाधान नचाहने शक्तिका कारण सरकारबाट हट्नुपरेको उहाँको भनाइ थियो।

    images
    images
    images

    उम्मेदवार न्यौपानेले एमाले सरकारको पालामा सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधानका लागि महत्वपूर्ण कामको सुरुवात भइसकेको दाबी गर्नुभयो। रुपन्देही क्षेत्र नम्बर–१ मा ठूलो संख्यामा सुकुम्बासी तथा अव्यवस्थित बसोवासी रहेको उल्लेख गर्दै आफू निर्वाचित भएमा सबैभन्दा पहिलो प्राथमिकता लालपुर्जा वितरणलाई दिने योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले एमाले नेतृत्वको सरकारका बेला रुपन्देहीका देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा लालपुर्जा वितरणको काम सुरु भएको स्मरण गर्दै एमालेको जित भएमा उक्त कार्यलाई पूर्णता दिने बताउनुभयो।

    केन्द्रीय सदस्यसमेत रहनुभएका न्यौपानेले क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि पनि एमाले सरकारले विभिन्न योजनाहरू अघि बढाइसकेको दाबी गर्नुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij