लुम्बिनी पाना, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन शनिबार रुपन्देही आउने भएका छन्। पार्टीको चुनाव प्रचार–प्रसार कार्यक्रमअन्तर्गत कोणसभा सहितको रोड शो कार्यक्रमका लागी अध्यक्ष लिङ्देन रुपन्देही आउन लागेका हुन् ।
कार्यक्रम रुपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीबाट सुरु हुने र शितलनगर भवानीपुर, रोहिणीको धकधई हुँदै क्षेत्र नम्बर -५ को रामपुर कलौनी सम्म चुनावी र्याली हुने पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालले जानकारी दिनुभयो।
केन्द्रीय सदस्य लम्सालका अनुसार शनिबार दिउँसो १ बजे देवदहको खैरेनी ३ बजे रोहिणी गाउँपालिका अन्तर्गत धकधई चोक र बेलुका ५ बजे सैनामैनाको रामपुर कलौनीमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा राष्ट्रवादी समर्थकहरूलाई आ–आफ्नो सवारी साधनसहित उपस्थित हुन आग्रह गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij