सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आचारसंहिताविपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो

आचारसंहिताविपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो

images
  • 115
    SHARES

  • images
    images
    images
    आचारसंहिताविपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो
    images
    images
    images
    धनुषा । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषा ले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो।
     
    प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युत्का पोल, सरकारी भवन र सडक छेउछाउमा टाँसिएका सामग्री हटाइएको हो। आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार र राजनीतिक दललाई नियमविपरीत टाँसिएका प्रचार सामग्री आफैं हटाउन एक दिनको समय दिएको थियो। तोकिएको समयभित्र सामग्री नहटाएपछि प्रशासनले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।
     
    उनका अनुसार जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर पुर्‍याएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको कारण कारबाहीस्वरूप सामग्री हटाइएको हो। अब फेरि यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने छ।
     
    विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिने गरेको छ। प्रमुख जिल्ला अधिकारी लुइँटेलले उम्मेदवार तथा दलहरुलाई प्रचार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गरे।
     
    “नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइनेछ। अटेर गरेमा सम्बन्धित उम्मेदवार र दललाई आवश्यक कारबाही गरिनेछ,” उनले भने। “चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्दैछौं। यसको पालना सबैले गर्न आवश्यक छ।”
     
     
     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij