काठमाडौँ । नयाँ संसद भवनको निर्माणमा गति बढाएर आउँदो अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आउँदो अधिवेशन नयाँ भवनमै सञ्चालन हुने गरी काम सक्न निर्देशन दिनुभएको हो। अध्यक्ष दाहालले निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको भन्दै तीव्रता आवश्यक रहेको उल्लेख गर्नुभयो। यद्यपि पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ।
उहाँले केही दिनअघि शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन हुने कक्षहरू तयार हुनुपर्नेछ। चुनावपछिको सदन नयाँ भवनमै सञ्चालन गर्ने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाव दिइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij