सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

झुठो आश्वासनको राजनीति अन्त्य हुनुपर्छ, त्यसको सुरुवात राप्रपाले गर्छ : प्रज्ज्वल बोहरा

झुठो आश्वासनको राजनीति अन्त्य हुनुपर्छ, त्यसको सुरुवात राप्रपाले गर्छ : प्रज्ज्वल बोहरा

images
  • 419
    SHARES

  • images
    images
    images
    झुठो आश्वासनको राजनीति अन्त्य हुनुपर्छ, त्यसको सुरुवात राप्रपाले गर्छ : प्रज्ज्वल बोहरा
    images
    images
    images

    रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्ज्वल बोहराले मतदातालाई अब आश्वासनभन्दा काम दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    देवदह -८ मा चुनावी अभियानअन्तर्गत घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै बोहराले विगतमा जनताले धेरै आश्वासन मात्र पाएको तर अपेक्षित काम हुन नसकेको उल्लेख गरे। उनले भने, “अहिलेसम्म तपाईंहरूले आश्वासन मात्र पाउनुभयो, अब प्रत्यक्ष नतिजा पाउनुहुन्छ।”

    images
    images
    images

    उनले रुपन्देही–१ का जनताको मुख्य समस्या पहिचान गरेर प्राथमिकताका आधारमा समाधान गर्ने दाबी गरे। युवालाई रोजगारी, कृषि तथा साना उद्यम प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा भौतिक पूर्वाधार विकासलाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

    पिता स्वर्गीय दिपक बोहराले गरेको विकासका कामलाई स्मरण गर्दै अधुरो काम पूरा गर्नका लागी आफुलाई विजयी गराउन अपिल गर्नुभयो ।बोहराले पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत क्षेत्रको समग्र विकास गर्ने प्रतिवद्धता जनाउँदै जनतासँग नजिक रहेर काम गर्ने बताए। “जनताको भरोसा नै मेरो शक्ति हो, त्यसैले अब काम गरेर देखाउने समय आएको छ,” उनले थपे।

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालले राप्रपाले नै मुलुकलाई निकास दिने भन्दै यसपटक राप्रपालाई विजयी गराउन अपिल गर्नुभयो।

    रुपन्देही–१ मा चुनावी माहोल तात्दै जाँदा राप्रपाले सक्रिय रूपमा मतदातासँग भेटघाटमा जुटिरहेका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij