सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

धनीरामको प्रवेशसँगै रुपन्देही-१ मा राप्रपा थप बलियो भएको दाबी

धनीरामको प्रवेशसँगै रुपन्देही-१ मा राप्रपा थप बलियो भएको दाबी

images
  • 346
    SHARES

  • images
    images
    images
    धनीरामको प्रवेशसँगै रुपन्देही-१ मा राप्रपा थप बलियो भएको दाबी
    images
    images
    images

    रूपन्देही । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार भई उल्लेख्य मत प्राप्त गरेका धनीराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेसँगै रुपन्देही क्षेत्र नं. १ मा पार्टीको अवस्था थप सुदृढ भएको राप्रपाले दावी गरेको छ।

    २०७९ सालको निर्वाचनमा ढकिया चिन्ह लिएर प्रतिस्पर्धा गरेका चौधरीले १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए। सो क्षेत्रमा प्रभावशाली मत ल्याएका उनको राप्रपा प्रवेशलाई चुनावी समीकरण परिवर्तन गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

    images
    images
    images

    चुनावी अभियानका क्रममा रुपन्देही आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले चौधरीलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र निर्वाचन विजयमा उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

    राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्साल ले चौधरीको आगमनसँगै रुपन्देही–१ मा राप्रपाको जनाधार उल्लेख्य रूपमा बढेको बताए। “अघिल्लो निर्वाचनमा करिब १४ हजार मत प्राप्त गरेका नेताको समर्थन अब राप्रपाको पक्षमा आउने भएकाले हाम्रो जित अझै सुनिश्चित बन्दै गएको छ,” उनले भने। रुपन्देही–१ मा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार रहेका छन्।

    उनी राप्रपाका दिवंगत नेता दिपक बोहोरा का सुपुत्र हुन्। चौधरीको साथले मतसमिकरणमा स्पष्ट प्रभाव पार्ने र निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij