फागुन १८, लुम्बिनी पाना। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। दधिराम न्यौपाने यतिबेला घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। यसै क्रममा देवदह र तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलोका क्रममा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको नेकपा एमालेले जनाएको छ। विशेषगरी ज्येष्ठ नागरिकहरूले न्यौपानेलाई विजयको शुभकामना दिँदै एमाले नेतृत्वको सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता तथा विकास निर्माणका कामहरू बिर्सन नसकिने बताएका थिए।
अर्कोतर्फ, नयाँ पुस्ता अर्थात् ‘जेन्जी’ युवाहरूमा पनि एमाले र न्यौपानेप्रति आकर्षण बढ्दो देखिएको दाबी गरिएको छ। युवाहरूले देशको आर्थिक समृद्धि र रोजगारी सृजनाका लागि एमालेकै नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार न्यौपानेलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।
घरदैलो कार्यक्रममा न्यौपानेले सुकुम्बासी समस्या समाधान, भन्सार नाकाको स्तरोन्नति तथा सडक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “हामी केवल आश्वासन होइन, काम गर्न आएका हौँ” भन्दै समग्र क्षेत्रको मुहार फेर्न सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन आग्रह गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij