लुम्बिनी पाना, पोखरा । गण्डकी प्रदेश अन्तर्गत कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् । कास्की १ मा खड्कराज पौडेलले फराकीलो अन्तर बनाएका छन् । पौडेलले १ हजार ३ सय ५४ मत सहित अग्रता लिँदा काँग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका बैनबहादुर अधिकारीको ५ सय २९ मत छ ।
क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उत्तम पौडेल अगाडी छन् । उनले २ हजार ४ सय १७ मत सहित अग्रता लिँदा एमालेका रश्मि आचार्यको १ हजार २ सय १४ र काँग्रेसका माधव प्रसाद बाँस्तोलाले ७ सय १७ मत पाएका छन् ।
क्षेत्र नम्बर ३ मा रास्वपाकी बिना गुरुङ अगाडि छिन् । गुरुङले १ हजार ३ सय २३ मत पाउँदा काँग्रेसका मनोज गुरुङले ५ सय ६१ र एमालेका दामोदर बैरानीले ३ सय ३९ मत प्राप्त गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij