लुम्बिनी पाना। मोरङ जिल्ला को क्षेत्र नम्बर ६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रूविना आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएकी छन्। उनले ५५ हजार ५१३ मत प्राप्त गर्दै जीत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ।
उनकी निकटतम प्रतिस्पर्धी शेखर कोइराला नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले १२ हजार ८५० मत प्राप्त गरेका छन्। आचार्यले कोइरालाभन्दा चार गुणाभन्दा बढी मत प्राप्त गर्दै उनलाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेकी हुन्।
यस परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले मोरङ–६ मा प्रभावशाली जित हासिल गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij