लुम्बिनी पाना। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही जिल्लाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) दिएका कन्हैया बनिया विजयी भएका छन्। उनले २८ हजार ६६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका प्रमोद कुमार यादवले ने २० हजार २६२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत,जनता समाजवादी पार्टी सर्वेन्द्र नाथ शुक्लाले २ हजार ४९० मत, भोपेन्द्र प्रसाद यादव ले जनमत पार्टी बाट २ हजार ३७७ मत, अहमददिन मुसलमान ले राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ९२६ मत तथा बाबु लाल यादव ले नेपाल कम्युनिस्ट पार्टी बाट ४४० मत प्राप्त गरेका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij