लुम्बिनी पाना, देवदह । रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल लम्साल विजयी भएका छन्। लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत, नेकपा (एमाले)का दधिराम न्यौपानेले ७ हजार ४८८ मत र नेपाल कम्युनिस्ट पार्टीका घनश्याम यादवले २ हजार ११८ मत प्राप्त गरेका छन्।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार छबिलाल गुरुङले १ हजार ८२४ मत र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले १ हजार २४२ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसङ्गै नेपाली काङ्ग्रेसका खत्री वाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ।
योसँगै रुपन्देही को ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij