सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रास्वपा रुपन्देही -१ उम्मेदवार सुनिल लम्सालले बुझाए १० लाख ६० हजार बराबरको निर्वाचन खर्च विवरण

रास्वपा रुपन्देही -१ उम्मेदवार सुनिल लम्सालले बुझाए १० लाख ६० हजार बराबरको निर्वाचन खर्च विवरण

images
  • 555
    SHARES

  • images
    images
    images
    रास्वपा रुपन्देही -१ उम्मेदवार सुनिल लम्सालले बुझाए १० लाख ६० हजार बराबरको निर्वाचन खर्च विवरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रास्वपा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिल लम्सालले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। उक्त विवरण निर्वाचन प्रतिनिधि एवं जिल्ला सचिव विष्णु प्रसाद पौडेलमार्फत निर्वाचन आयोगमा पेश गरिएको हो।पेश गरिएको विवरणअनुसार लम्सालले निर्वाचन अभियानका क्रममा कुल १० लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

    खर्च विवरणअनुसार मनोयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, प्रचार–प्रसार सामग्री (पोस्टर, पम्पलेट)मा १ लाख ६५ हजार ३० रुपैयाँ, तथा प्रचार सामग्री (ब्यानर, स्टिकर, पम्पलेट, नमुना पर्चा मा २ लाख ४७ हजार ६९० रुपैयाँ खर्च भएको देखाइएको छ।

    images
    images
    images

    त्यस्तै मतदाता शिक्षामा ६४ हजार २८७ रुपैयाँ, सवारी साधन भाडामा २ लाख ४ हजार रुपैयाँ, तथा घरदैलो कार्यक्रमका क्रममा खाना, खाजा र नास्तामा २ लाख ५९ हजार २५३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

    यसैगरी कार्यालय फर्निचर (प्लास्टिक कुर्सी)मा ५० हजार ३८२ रुपैयाँ, कार्यालय भाडामा ३० हजार रुपैयाँ, मसलन्द खर्चमा ९ हजार ३५८ रुपैयाँ तथा नगद/बैंक मौज्दातमा २० हजार रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij