३० केजी तौल भएकी आमा र उनले जन्माएको १ केजी तौलको शिशुको कथा
३० केजी तौल भएकी आमा र उनले जन्माएको १ केजी तौलको शिशुको कथा
4.4K
SHARES
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ कि पीडित सुत्केरी महिला सरिता मुसियार हाल लुम्बिनी प्रादेशिक हस्पिटलमा उपचाररत छिन र हाल आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य छ।
एक महिना अगाडी १ किलोग्राम तौल भएको बच्चालाई जन्म दिएकि जम्मा ३० किलोग्राम तौल भएकी यी आमाको कथा अरु सुत्केरी आमाको कथा भन्दा फरक छ। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उमेरले पनि पूर्ण रुपमा परिपक्क नभएकी किशोरी एक महिना अघि सुत्केरी भइन। आमा र शिशुको तौल कम भएको कारण अवस्था खतरा पूर्ण थियो।
सुत्केरी भएको १५ दिन पछि सुत्केरी महिला जब देवदहको केरवानी स्वास्थ्य चौकीमा उपचारको लागि आए , OPD मा विरामी जाँच गर्ने क्रममा देवदह ३ का यि दुवै आमा छोरी मेरो मेरो सामु आए,,,तब स्वास्थ्यकर्मी काशिराम रेग्मीको मन पग्लियो। बच्चालाई Local Bacterial Infection रहेछ र पुर्जीमा Medicine लेखेर सरसफाई तथा पोषण(हरेक बार खाना चार) सम्बन्धी परामर्श गर्दै गर्दा सार्है दर्दनाक कथा रुँदै सुनाइन यो बच्चाको आमाले र भनिन-" बिहान खाना खायो भने साँझ चिउरा खाएर सुत्छु,,हिजो साँझ खाना खाएर सुतेको आज बुढा काममा गएका छन् साँझ जे ल्याउँछन् त्यहि खाने हो"सुत्केरी महिला को कुरा सुनेपछि स्वास्थ्यकर्मी काशिराम रेग्मी सहितको टिमले तत्काल धेरै थोरै जति सकिन्छ केहि रकम उठाएर र केहि खाद्य वस्तु हस्तान्तरण गरे।
स्वास्थ्यकर्मी ,जनप्रतिनिधि ,कर्मचारी र अन्य संघ सस्थामा आबद्द सहयोगी मनहरुले थप उपचारको लगी आर्थिक सहयोग गरे। दैनिक ज्यालादारी गरेर खाद्यान्न जोहो गर्ने उनको परिवारमा मजुदारी नगरेको दिन चुल्हो बल्न कठिन हुन्छ। सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउने त टाढाको कोरो भयो।
स्वास्थ्य कर्मी काशिराम रेग्मी सहितको टिमले थप उपचारको लागि सुत्केरी महिला र शिशुलाई लुम्बिनी प्रादेशिक हस्पिटलमा भर्ना गरिदिए। लुम्बिनी प्रादेशिक हस्पिटलका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा नेत्र रानाले सुत्केरी महिला र शिशुको लागि औषधी, पौष्टिक आहार लगायत सबै नि:शुल्क हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए।
आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। हाल बच्चाको तौल पनि बढेर २ केजी पुगेको छ।हाल शिशु र आमालाई पोषण पुनर्स्थापनाको लागि हस्पिताल्मै राखिएको छ। शिशुको तौल ३ केजी पुगेपछि लगभग १५ दिन पछि डिस्चार्ज गरिने छ। आर्थिक र स्वास्थ्य अवस्था कमजोर रहेको पिडित सुत्केरी महिला र शिशुलाई आर्थिक र मानविय सहयोग गर्न पाएकोमा खुशी लागेको स्वास्थ्य कर्मी काशिराम रेग्मीले बताए। साथै सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद सहित आभार प्रकट समेत गरे। हाम्रो तर्फ वाट पनि सिघ्र स्वास्थ्य लाभको कामना।।