सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

डब्ल्यूएचओ भन्छ :सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन

डब्ल्यूएचओ भन्छ :सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    डब्ल्यूएचओ भन्छ :सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन
    images
    images
    images

     

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ ।

    images
    images
    images

    शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट ह्यारिसले खोपको प्रभावकारितामा कडा परीक्षण गरिनुपर्ने उल्लेख गरिन् । उनका अनुसार अहिलेसम्म कुनै पनि खोपले क्लिनिकल परीक्षणको महत्वपूर्ण चरण पार नगरेको र कुनैमा पनि स्पष्टरुपमा डब्ल्यूएचओले तोकेअनुसारको ५० प्रतिशतभन्दा बढी प्रभावकारिता पाइएको छैन ।

    गत अगष्ट महिनामा रुसले कोरोना खोपको घोषणा गरेसँगै अहिले खोपको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठेको छ । रुसले मानिसमा खोपको परीक्षण सुरु गरिएको दुई महिनाभित्रै खोपको घोषणा गरेको हो ।

    अमेरिकाको सार्वजनिक स्वास्थ्य अधिकारीहरु र फाइजर इंकले बिहीबार खोप अक्टोबरसम्ममा वितरणको लागि तयार हुने बताएका थिए । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको निर्वाचनअघि नै मानिसहरुलाई दिने तयारीका साथमा अमेरिकामा खोपको वितरण गर्न लागिएको बताइएको छ ।

    यसैबीच डब्ल्यूएचओकी प्रवक्ता ह्यारिसले आगामी वर्षको मध्ययता ठूलो संख्यामा मानिसहरुलाई दिने गरी खोप उपलब्ध नहुने बताएकी हुन् । जेनेभामा बि्रफिङमा बोल्दै उनले तेस्रो चरणको क्लिनिकल परीक्षणको समय लामो हुनुपर्ने बताएकी छिन् । यद्यपि उनले कुनै खोपको नाम भने लिइनन् । उनले खोपको परीक्षणको डेटाहरु साट्ने र तुलना पनि गरिनुपर्ने उल्लेख गरेकी छिन् ।

    स्रोत : अलजाजिरा

    images
    images
    • शुक्रवार, भाद्र १९ २०७७०७:२६:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij