देवदहमा थप २ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या ५० पुग्यो।
देवदहमा थप २ जनामा कोरोना पुष्टी,संक्रमितको संख्या ५० पुग्यो।
3.7K
SHARES
भदौ २४ देवदह। रुपन्देहीको देवदहमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देवदह वडा नम्बर,१० का ४५ बर्षिय पुरुष र वडा नम्बर,११ का ३८ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको देवदह नगरपालिकाका स्वस्थ शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिनुभयो।
भारत वाट आएर देवदह नगरपालिकाले संचालन गरेको क्वारेन्टिनमा बसेका दुवै जनालाई आइसोलेशनमा ल्याइएको र आइसोलेशनमा रहेका सबैको अवस्था सामान्य रहेको छ।
यो संगै देवदहमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ। जस मध्य ३० जना निको भैसकेका १८ जना आइसोलेशनमा उपचारत र दुइ जनाको निधन भएको छ। हाल सम्म ६०६ जनाको पिसिआर परिक्षण गरिसकिएको छ।