सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा एकैदिन ९६ हजारमा संक्रमण,हजार बढीको मृत्यु

भारतमा एकैदिन ९६ हजारमा संक्रमण,हजार बढीको मृत्यु

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    भारतमा एकैदिन ९६ हजारमा संक्रमण,हजार बढीको मृत्यु
    images
    images
    images

    काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

    दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
    बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    images
    images
    • शुक्रवार, भाद्र २६ २०७७०७:५९:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij