सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको निधन

पछिल्लो २४ घन्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको निधन

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि,१५ जनाको निधन
    images
    images
    images

    118784484_2712280032208352_570753874290824323_n.gif

    पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको बताएका छन् ।

    images
    images
    images

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

    118756363_329877011701203_3445680361491121271_n.gif

    यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार ३ सय ९३ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
    मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ५१ हजार ४०५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ८७८ पीसीआर परीक्षण भएका छन् ।

    images
    images
    • सोमवार, भाद्र २९ २०७७०४:४८:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij