
देवदह ४ असोज। रुपन्देही संपर्क समिती दक्षिण कोरिया,लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ,लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको संयुक्त आयोजनामा कुपोषित बच्चा, आमा तथा परिवारलाई खाद्यन्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा सामग्री हस्तान्तरण गरिएको छ।

देवदह ३ शिसपुरका अति बिपन्न सरिता मुसहरको परिवारलाई खाद्यन्न, जिन्सी, फर्निचर तथा लत्ताकपडा गरि ५० हजार बराबरको जिन्सी सामान हस्तान्तरण गरिएको देवदह नगरपालिका केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशीराम रेग्मीले जानकारी दिनु भयो।

लत्ता कपडा , खाद्यान्न, पलङ १ थान, खटिया १ थान, ग्यास चुलो, भाँडाकुँडा, तथा सुत्केरी महिलाको लागि ,१ महिनाको लागि १ दिन बिराएर मासु,१ किलोको दरले ,दैनिक १ लिटर दुध १ क्विन्टल चामलको समेत व्यवस्था गरिएको काशीराम रेग्मीले जानकारी दिनु भयो।

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ का अध्यक्ष यदुमनि पोख्रेलको अध्यक्षता,देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर केसीको प्रमुख आतिथ्यता ,लायन्स जिल्ला परिषद ३२५ बि २ नेपाल का जोन चेयरपर्सन हरि क्षेत्रि ,देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुँवरको विशिष्ट आतिथ्यता, काशिराम रेग्मीको संयोजन ,रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार दिपक गिरि लियो जिल्ला परिषद ३२५ बि २ नेपाल का रिजन १३ का रिजन चेयरपर्सन सन्तोष खरेल लगायतको उपस्थिति र लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ का सचिव अमृत बस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij