
असोज ७ देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ मा रहेको केरवानी स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य कर्मीलाई कोरोना पोजेटिभ देखिए पछि स्वास्थ्य चौकी बाट प्रदान हुने सेवा अर्को सूचना जारि नहुदा सम्मको लागि स्थगित गरिएको छ।
स्वास्थ्यकर्मी संगै केरवानी स्वास्थ्य चौकीमा सेवा लिएका एक जना सेवा ग्राहिमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ। देवदह नगरपालिका १ शंकरपुर ६ नम्बर चोकका ५३ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको देवदह नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश भुषालले जानकारी दिनुभयो।

स्वास्थ्य चौकी वाट दीइने सेवा केहि दिनका लागि बन्द हुने भएकोले क्षयरोग र कुष्ठरोगको औषधि सेवन गरेका बिरामीहरुले ९८४३८५७०५७ मा सम्पर्क गरेर सेवा सम्बन्धि जानकरी लिन अनुरोध गरिएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशिराम रेग्मीले जानकारी दिनुभएको छ।
यो संगै देवदह संक्रमितको संख्या ६४ पुगेको छ जस मध्ये ५० जना निको भएर घर फर्केका छन भने ११ जनाको उपचार भइरहेको छ । ३ जनाको मृत्य भइसकेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij