
असोज ११ ,रुपन्देही। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। २५ जना पुरुष र १७ जना महिलामा संक्रमण पुष्टी भएको हो।
बुटवल उपमहानगर पालिकामा १७ पुरुष र ७ महिला गरि २४ जना ,सिद्दार्थ नगरपालिकामा ४ महिला र १ पुरुष ,तिलोत्तमा नगरपालिकामा ३ महिला र ३ पुरुष ,देवदह नगरपालिकामा १ महिला ,ओम सतिया गाउपालीकामा १ पुरुष ,सैनामैना नगरपालिकामा १ महिला र २ पुरुष ,कन्चन गाउपालिकामा १ पुरुष र मायादेबी गाउपालिकामा १ महिला गरि पछिल्लो २४ घन्टामा ४२ जना संक्रमित थपिएका हुन।

यो संगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको जम्मा संख्या २४५४ पुगेको छ। जस मध्य १७६३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन भने ६७० जना उपचाररत रहेका छन। हाल सम्म २१ जनाको कोरोना भाइरसको कारण निधन भैसकेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij