
असोज १७ ,काठमाडौं ।पछिल्लो २४ घन्टामा शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको जनाए ।
त्यसैगरी २४ घन्टमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ४४ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२८ पुगेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij