
असोज २० ,चितवन।कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा भटाभट मर्न थालेका छन् ।भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए ।
काठमाडौंमा परीक्षण गर्दा एच ९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेको र नयाँलाई नमारेको डा चापागाईंले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij