
असोज २० ,बुटवल।नेपालमा एकै दिन ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यो संख्या हालसम्मकै उच्च हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ जनाको कोभिड-१९ को कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।यो संगै नेपालमा अहिलेसम्म ५७८ सङ्क्रमितको मृत्यु भएको छ।

हाल सम्म ६८ हजार ६ सय ६८ जना सङ्क्रमणमुक्त भएका छन्।संक्रमित मध्य १६८४ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका रहेको तथ्याङ्कमा उल्लेख छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij