सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी ११ कक्षामा भर्ना भएकी छन् । यस वर्ष माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण गरेपछी उनलाई कक्षा ११ मा भर्ना हुने बाटो खुलेको हो ।
चौधरी काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । कक्षा ११ मा भर्नाका हुनका लागि चौधरी शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् ११ कक्षामा भर्ना भएकी शान्ताले आफ्नो कक्षगत रोल नम्बर ६२ रहेको जनाएकी छन् ।उनले कक्षा ११ मा भर्ना हुन पाउदा खुशी लागेको प्रतिकृया ब्यक्त गरिन ।
यस वर्ष माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण भएपछी सामाजिक सञ्जालामा उनको र नायिका करिश्मा मानन्धरको खुबै चर्चा भएको थियो ।पछिल्लो समय उमेर बढी भएका र बिभिन्न कारणले पढाइ छुटकाहरु पनि स्कुल जाने क्रम बढ्दै गएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij