असोज २७,देवदह।कोरोना संक्रमण कोभिद -१९ दिन प्रतिदिन बढ्दो क्रममा छ। आज मात्रै कोरोनाको ३५ सय ५६ जना बिरामी थपिएका छन्। कोरोना संक्रमण वाट बच्न सचेत हुनु जरुरु छ।
रुपन्देहीको देवदह नगरपालिकामा हाल सम्म १३९ जनामा कोरोना संक्रमण पोजेटिभ देखीई सकेको छ।जस मध्य ९३ जना पुरुष र ४६ जना महिला छन्। वार्ड नम्बर ९ मा सबै भन्दा बढी २९ जना कोरोना पोजेटिभ देखिएका छन्।
हाल सम्म वार्ड नम्बर १ मा ८ पुरुष र १ महिला गरि ९ जना, वार्ड नम्बर २ मा ३ पुरुष र १ महिला गरि ४ जना ,वार्ड नम्बर ३ मा ६ पुरुष र ४ महिला गरि १० जना,वार्ड नम्बर ४ मा ३ पुरुष र २ महिला गरि ५ जना , वार्ड नम्बर ५ मा १४ पुरुष र ८ महिला गरि २२ जना , वार्ड नम्बर ६ मा ७ पुरुष र ६ महिला गरि १३ जना , वार्ड नम्बर ७ मा १३ पुरुष र ३ महिला गरि १६ जना , वार्ड नम्बर ८ मा ५ पुरुष र २ महिला गरि ८ जना,वार्ड नम्बर ९ मा १५ पुरुष र १४ महिला गरि २९ जना ,वार्ड नम्बर १० मा १२ पुरुष र २ महिला गरि १४ जना ,वार्ड नम्बर ११ मा ५ जना पुरुष र ३ जना महिला गरि ८ जना र वार्ड नम्बर १२ मा २ जना पुरुष सहित हाल सम्म १३९ जनामा कोरोना पोजेटिभ देखिएको हो।
जस मध्य ७९ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने ५४ जना आइसोलेशनमा उपचाररत रहेको देवदह नगरपालिका कोभिड १९ का लागि खोज पड्ताल तथा कन्ट्याक्ट् ट्रेसिङ का संयोजक मेघनाथ न्यैपानेले जानकारी दिनुभयो।
देवदह नगरपालिकामा कोरोनाका कारण हाल सम्म ६ जनाको निधन भैसकेको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij