असोज ३०,देवदह।रुपन्देहीको देवदहमा कोरोना संक्रमण दर तिब्र गतिमा बढेको छ। बिगत २ दिनको अवधिमा देवदहमा २९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
देवदह नगरपालिकाको स्वास्थ्य शाखाले असोज २८ मा जारि गरेको कोरोना प्रतिबेदनमा १४३ जनामा कोरोना संक्रमण देखिएको तथ्यांक उल्लेख छ। असोज ३० गते उक्त संख्या बढेर १७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा देवदहमा २ महिला र १६ पुरुष सहित थप १८ जनामा कोरोना पुष्टी भएको छ। संक्रमित पुष्टी हुनेहरु देवदह ५ का ३० बर्षीय पुरुष ,वार्ड नम्बर ७ का २८ र ४८ बर्षीय पुरुष ,वार्ड नम्बर ८ का ४३ बर्षीय पुरुष ,वार्ड नम्बर ९ मा २७ र ३७ बर्षीय महिला तथा ९ मै २५ बर्षका ६ जना ,२९ बर्षका २ जना ,२२ ,३५ ,३६ र ३८ बर्षका १ -१ जना पुरुष गरि जम्मा १८ जनामा संक्रमण पुष्टी भएको हो। संक्रमित मध्य सबै भन्दा बढी वार्ड नम्बर ९ का छन।
हाल सम्म ८३ जना डिस्चार्ज भएका छन ८२ जना आइसोलेसनमा उपचाररत छन। होम आइसोलेसनमा बसेको थप एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ।देवदह ,७ का ८८ बर्षिय पुरुषको मृत्यु भएको हो । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको थियो । यो संगै देवदहमा कोरोनाका कारण मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ ।
हाल सम्म देवदह नगरपालिकाले ७४६ जनाको पिसिआर परिक्षण गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij