सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण ,१८ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण ,१८ को मृत्यु

images
  • 509
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण ,१८ को मृत्यु
    images
    images
    images

    कार्तिक ३ ,काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
    मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको छ ।

    images
    images
    images

    यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ थियो ।

    पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    यसअघि आइबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ रहेको थियो ।
    नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक ३ २०७७०४:४१:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij