कार्तिक ४ ,बुटवल। रुपन्देहीको देवदह नगरपालिकामा बिगत २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। देवदह ९ का ३ पुरुष र १ महिला सहित ४ जना र देवदह ७ का ३ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। यो संगै देवदहमा जम्मा संक्रमितको संख्या २०७ पुगेको छ।
संक्रमण देखिएका मध्य ९५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। सक्रिय संक्रमित १०७ जनाको आइसोलेसन सेन्टरमा उपचार भैरहेको छ।
देवदह नगरपालिकाले हाल सम्म ८१३ जनाको पिसिआर परिक्षण गरेको छ। देवदहमा मात्रै कोरोनाको कारण ७ जनाले ज्यान गुमेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij