सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लाे २४ घण्टामा ५,७४३ कोरोना संक्रमित थपिए ,२६ को मृत्यु

पछिल्लाे २४ घण्टामा ५,७४३ कोरोना संक्रमित थपिए ,२६ को मृत्यु

images
  • 464
    SHARES

  • images
    images
    images
    पछिल्लाे २४ घण्टामा ५,७४३ कोरोना संक्रमित थपिए ,२६ को मृत्यु
    images
    images
    images

    कार्तिक ५ ,काठमाडौं । नेपालमा विगत २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ। यो सङ्ख्या सर्वाधिक दैनिक वृद्धि हो।

    सो अवधिमा देशभरि २०,११८ वटा नमुना परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार नाघेको छ।

    images
    images
    images

    चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

    योसहित नेपालमा अहिलेसम्म ७९१ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २,९९६ सङ्क्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म ९९,६०५ सङ्क्रमित निको भइसकेका छन्।यो सङ्क्रमितको कुल सङ्ख्याको * प्रतिशत हो।मङ्गलवार मन्त्रालयले ३,०९३ जनामा सङ्क्रमण र आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक ५ २०७७०५:०६:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij