मंसिर १६ ,देवदह।रुपन्देहीको देवदहमा हाल सम्म ३ सय ३१ जनामा कोरोना पुष्टी भएको तथ्यांक सार्बजनिक भएको छ। आज देवदह ९ का १ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
त्यस्तै हाल सम्म २ सय ९९ जना कोरोना मुक्त भएका छन। २० जना कोरोना संक्रमित आइसोलेसनामा उपचाररत रहेका छन्।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत देवदह १ का ६७ महिलाको आज निधन भएको छ। यो संगै देवदहमा कोरोना वाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
देवदह नगरपालिकाले हाल सम्म १ हजार ४० जनाको पिसिआर परिक्षण गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij