सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा पार्टी विभाजन रोक्ने तयारी

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा पार्टी विभाजन रोक्ने तयारी

images
  • 682
    SHARES

  • images
    images
    images
    संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा पार्टी विभाजन रोक्ने तयारी
    images
    images
    images

    काठमाडौं- नेकपा बिभाजन हुन नदिन अन्तराष्ट्रिय रूपमा दवास सिर्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा समुहले पार्टीलाई फुटबाट जोगाउन अन्तराष्ट्रिय समुदायसँग परामर्श गरिरहेको बुझिएको छ ।

    संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको विभाजित दुई समुहलाई मिलाउने प्रयास गर्न आग्रह गर्नका लागि चिनिया टोली नेपाल आइपुगेको छ । नेपालमा कम्युनिस्टको राम्रो माहोल बन्दै गएको अवस्थामा पार्टीलाई कसरी जोगाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।

    images
    images
    images

    त्यहि टोलीको अभियान अन्तर्गत चीनले चासोको साथ यो विभाजन रोक्न प्रयास गरिरहेको बुझिएको छ । यसअघि पनि बरू सरकार चदेरै भएपनि पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले आग्रह गरेको थियो ।

    नेकपाभित्र ओली र प्रचण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै सत्तामा फर्किन नसक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मिलाउने अभियान सुरू भएको बताइन्छ । संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा नफुट्ने आधार तयार हुने उनीहरूको बुझाई छ ।

    अभियान अन्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली हटेर अरूलाई समर्थन गर्ने र पार्टी अध्यक्षमा ओली रहनेगरी तयारी गरेको र दवाव दिने काम भैरहेको बुझिएको छ ।

    पुर्नस्थापनाको पक्षमा जनता र दलहरू एकमत भएको अवस्थालाई मध्यनजर गर्दै नेपालका लागि चीनकी राजदूतले नेकपाका नेताहरुसँग निरन्तर परामर्श गरिरहेकी छन् ।

    उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बेइजिङमा गरेको ब्रिफिङ गरिरहेको तचीनले आफ्नो धारणा बनाएर टोली पठाएको बताइएको छ । यहि योजना अन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइसकेको छ।

    चिनियाँ टोलीले आजै नेकपा दुवैतर्फका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। चिनियाँ प्रतिनिधिभण्डलको भ्रमणपछि नेकपाको आन्तरिक विवादमा समाधानको ठाउँ देखिनसक्ने बताइएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १२ २०७७०८:०५:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij