सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

केरवानी स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न,मोतियाबिन्दु देखिएका ३३ जनाको नि:शुल्क अप्रेसन गरिने

केरवानी स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न,मोतियाबिन्दु देखिएका ३३ जनाको नि:शुल्क अप्रेसन गरिने

images
  • 799
    SHARES

  • images
    images
    images
    केरवानी स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न,मोतियाबिन्दु देखिएका ३३ जनाको नि:शुल्क अप्रेसन गरिने
    images
    images
    images

    पुष १४ ,देवदह। रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत केरवानी स्वास्थ्य चौकी देवदह २ ढेकावरमा  नि:शुल्क आँखा जांच तथा उपचार शिविर सम्पन्न भएको छ। 

    देवदह १, छ नं चोकमा अवस्थित आर के स्वास्थ्य क्लिनिक र न्यु भिजन अप्टिकल तथा आँखा उपचार क्लिनिक को सहकार्य तथा लायन्स आँखा अस्पताल बुटवल को प्राबिधिक सहयोग र केरवानी स्वास्थ्य चौकी को आयोजनामा नि:शुल्क आँखा जांच तथा उपचार शिविर सम्पन्न भएको हो। 

    images
    images
    images

    आँखा जांच तथा उपचार शिविरमा ९७ जना आँखाका बिरामीहरुको आँखाको परिक्षण गरिएको थियो। जस मध्ये मोतियाविन्दु देखिएका ३३ जना आँखाका बिरामीहरुलाई अप्रेसनको लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको र उपचार अवधिभर खानाको व्यवस्था र यातायात खर्च समेत अस्पतालले व्यहोर्ने बताइएको छ। 

    शिविरमा आफ्ना भनाइ राख्दै बुटवल लायन्स आँखा अस्पतालका अखिलेश यादबले स्वस्थ मानिसले बर्षको २ पटक अनिवार्य रुपमा आँखाको परिक्षण गर्नुपर्ने बताउनु भएको थियो। त्यस्तै परिक्षण नगरिकन जथाभावी आँखामा औषधि प्रयोग गर्न नहुने उंहाले बताउनु भएको थियो। 

    त्यस्तै केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डेले निशुल्क आँखा शिबिर बाट सर्बसाधारण नागरिकले सहज ढंगले उपचार होस् भन्ने उदेश्यले गरिएको कार्यक्रम मनन योग्य रहेको बताउनु भएको थियो। 

    त्यस्तै केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट तथा आर के स्वास्थ्य क्लिनिकका संचालक काशिराम रेग्मीले समाज भित्र लुकेर रहेका आँखा रोगि तथा सहज उपचार नपाएर बसेका बिरामीहरुलाई सहज ढंगले उपचार पाउन भन्ने उदेश्यले नि:शुल्क आँखा शिविरको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक क्रियाकलापको आयोजना गरिने बताउनु भयो। 

    केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डेको अध्यक्षता,केरवानी स्वास्थ्य चौकीका इन्चार्ज केशब गिरीको स्वागत सोना खरेल ,बुटवल लायन्स आँखा अस्पतालका अखिलेश यादब सहित कबिता राना ,सन्ध्या चौधरी ,सुरक्षा थापा ,मदन बास्तोला ,गङ्गा बहादुर बुढा लगायतको उपस्थिति र केरवानी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट काशिराम रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष १४ २०७७०६:५३:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij