सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कार्यकर्तालाई देउवाको निर्देशनः ‘भारतीय नक्साविरुद्ध सडक तताउ’

कार्यकर्तालाई देउवाको निर्देशनः ‘भारतीय नक्साविरुद्ध सडक तताउ’

images
  • 421
    SHARES

  • images
    images
    images
    कार्यकर्तालाई देउवाको निर्देशनः ‘भारतीय नक्साविरुद्ध सडक तताउ’
    images
    images
    images

    आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्तालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिएका छन्। 

    लिपुलेक कालापानीसहित नेपाली भूभागलाई भारतमा पार्नेगरी भारतले जारी गरेको नक्साको विरोधमा जारी आन्दोलन गरेर सडक तताउन उनले नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

    images
    images
    images

    देउवाले शनिबार बिहानै लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत विद्यार्थी नेताहरूलाई बोलाएर सभापति देउवाले सशक्त ढंगले आन्दोलन गरी राष्ट्रियता जगेर्ना गर्न निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिए। 

    छलफलमा सभापति देउवाले आफूले नक्सा सच्याउन भारतीय राजदूत र कूटनीतिज्ञसँग आग्रह गरेको जानकारी दिँदै काठमाडौंमा आन्दोलनलाई चर्को बनाउन आग्रह गरेको उनले बताए। सभापति देउवाले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक चर्काउने योजनाअन्तर्गत रहेर काम गर्न कार्यकर्तालाई आग्रह गरेका अस्कलमा जारी आन्दोलनका संयोजकसमेत रहेका नेविसंघका नेता अर्यालले बताए। 

    images
    images
    • शनिवार, कार्तिक २३ २०७६१०:५९:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij