सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ

क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ

images
  • 453
    SHARES

  • images
    images
    images
    क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ
    images
    images
    images

    चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली  त्यसतर्फ प्रस्थान गरेको छ ।

    चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

    images
    images
    images

    यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

    त्यस्तै, नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ । कात्तिक २८ गते नेपालले मलेसिया र २९ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपाली टोलीको कप्तानीको भूमिका भने डली भट्टले निर्वाह गर्नेछिन् ।

    त्यस्तै टोलीको अन्य सदस्यमा कविता कुँवर, कृतिका मरासिनी, यशोधा विष्ट, राजमती ऐरी, ईश्वरी विष्ट, लक्ष्मी साउद, खुशी डङ्गोल, ज्योति दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजवंशी, गोमा आले र सृष्टि पौडेल छन् । त्यसैगरी वैकल्पिकतर्फ हेलिसा लामा गुरुङ, पेम लामु शेर्पा र मनिषा मगर छन् ।

    images
    images
    • शनिवार, कार्तिक २३ २०७६११:४७:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij