सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बालबालिकामा साइकल संस्कृतिको प्रवर्द्धन गर्न भक्तपुरमा ‘किड्स कोरा–२०२६’ आयोजना

बालबालिकामा साइकल संस्कृतिको प्रवर्द्धन गर्न भक्तपुरमा ‘किड्स कोरा–२०२६’ आयोजना

images
  • 101
    SHARES

  • images
    images
    images
    बालबालिकामा साइकल संस्कृतिको प्रवर्द्धन गर्न भक्तपुरमा ‘किड्स कोरा–२०२६’ आयोजना
    images
    images
    images

    लुम्बिनी पाना।  बालबालिकामा सानैदेखि साइकल चलाउने संस्कृतिको विकास गर्ने उद्देश्यले भक्तपुरमा किड्स कोरा–२०२६ गरिएको छ । साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको कार्यक्रममा पाँंच सय बालबालिकाहरु साइकल यात्रामा सहभागी रहेका थिए । स्वस्थ, सुरक्षित र वातावरणमैत्री जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले भएको कार्यक्रममा ३ देखि १८ वर्ष उमेर समूहका बाल साइकल यात्रीले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

    कार्यक्रमको उदघाटन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख तथा वास्तुविद् रजनी जोशीले बालबालिकालाई सानै उमेरदेखि साइकल चलाउने बानी बसाल्ने यस्ता अभियानले स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा दिगो यातायात प्रणालीको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताइन् । उनले यस्ता सिर्जनात्मक कार्यक्रमले आगामी पुस्तालाई जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images


    कार्यक्रम अन्तर्गत सहभागी बालबालिकाले भक्तपुरको ऐतिहासिक गाईजात्रा मार्ग हुँदै करिब पाँच किलोमिटर दूरी साइकल यात्रा गरेका थिए । साइकल यात्रामार्फत सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि, शारीरिक तन्दुरुस्ती, वातावरण संरक्षण तथा भक्तपुरको समृद्ध सांस्कृतिक सम्पदाप्रति बालबालिकालाई परिचित गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार किड्स कोराको मुख्य उद्देश्य बालबालिकामा आधारभूत तहदेखि नै साइकल चलाउने बानीको विकास गर्नु, भविष्यमा मोटरचालित सवारीसाधनमा निर्भरता घटाउनु तथा स्वस्थ र स्वच्छ समाज निर्माणमा योगदान पु¥याउनु हो ।

    कार्यक्रममा नेपाल इको प्यानल प्रालिले ‘सस्टेनेबिलिटी पार्टनर’का रूपमा सहकार्य गरेको थियो । कार्यक्रममा नेपाल इको प्यानल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा साइकल कनेक्ट भक्तपुरका सल्लाहकार इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहयोग गरेको जानकारी दिए । उनले बालबालिकामा दिगो जीवनशैलीको अभ्यास गराउनु स्वच्छ वातावरण, स्वस्थ समाज र हरित भविष्य निर्माणतर्फको महत्वपूर्ण लगानी भएको उल्लेख गरे ।

    यस वर्षको किड्स कोरामा भक्तपुरका साथै काठमाडौं र ललितपुरबाट समेत उल्लेख्य संख्यामा बाल साइकल यात्री सहभागी भएका थिए । यसले काठमाडौं उपत्यकामा बालबालिकामाझ साइकलप्रतिको आकर्षण बढ्दै गएको तथा दिगो यातायातप्रति जनचेतना विस्तार भइरहेको संकेत गरेको आयोजकको भनाइ छ ।

    बालबालिका, अभिभावक, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको उत्साहजनक सहभागितासहित सम्पन्न भएको किड्स कोरा–२०२६ले साइकल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, वातावरण संरक्षण र दिगो भविष्य निर्माणको प्रभावकारी साधन भएको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij