सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा चौथों उपप्रमुख कप छात्रा भलिबल प्रतियोगिता सुरु

देवदहमा चौथों उपप्रमुख कप छात्रा भलिबल प्रतियोगिता सुरु

images
  • 199
    SHARES

  • images
    images
    images
    देवदहमा चौथों उपप्रमुख कप छात्रा भलिबल प्रतियोगिता सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा चौथों उपप्रमुख कप अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ। देवदह–५ पानबारीस्थित खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।

    प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताउनुभयो। उहाँले खेललाई केवल प्रतिस्पर्धाको माध्यम नभई स्वस्थ समाज निर्माणको आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

    images
    images
    images

    नगर प्रमुख खरेलले देवदह नगरपालिकाले शिक्षा सँगसँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माण, खेल मैदान व्यवस्थापन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो। उहाँले खेलकुद गतिविधिले युवापुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउँदै देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यालयस्तरबाटै छात्रा खेलाडीहरूको प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले छात्रा खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदमार्फत आत्मविश्वास, क्षमता र अवसर विस्तार गर्न नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।

    नगरस्तरीय खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा १५ वटा विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार, तृतीय हुने टिमले नगद २० हजार तथा सान्त्वना हुने टिमले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    प्रतियोगिताको उद्घाटन खेलमा बुद्द पब्लिक आवासीय माविले मदरल्याण्ड एकेडेमीलाई २-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

    कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष कमल प्रसाद पाण्डेको अध्यक्षता, सदस्य शिव क्षेत्रीको स्वागत तथा सदस्य सचिव पर्शुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij