सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

images
  • 115
    SHARES

  • images
    images
    images
    फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं।  फ्रान्सलाई सेमिफाइनलमा हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा पूर्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्पेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

    अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा स्पेनले फ्रान्समाथि २-० को उत्कृष्ट जित निकाल्दै उपाधि भिडन्तका लागि आफ्नो स्थान सुरक्षित गरेको हो।खेलको सुरुवाती समयदेखि नै उच्च दबाब सिर्जना गरेको स्पेनका लागि पहिलो हाफमा मिकेल ओयारजाबाल र दोस्रो हाफमा पेड्रो पोरोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

    images
    images
    images

    खेलको २२औँ मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले स्पेनका प्रतिभावान युवा स्टार लामिन यमालविरुद्ध पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । उक्त सुनौलो मौकालाई सदुपयोग गर्दै ओयारजाबालले सहजै गोलमा परिणत गरी स्पेनलाई सुरुवाती अग्रता दिलाए ।

    पहिलो गोल खाएपछि खेलमा फर्कन संघर्ष गरिरहेको फ्रान्सविरुद्ध स्पेनले दोस्रो हाफमा फेरि आक्रमण बुन्यो । खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।

    दुई गोलले पछि परेको फ्रान्सले केलियन एम्बाप्पेसहितका स्टार खेलाडीहरू सम्मिलित टोली भए पनि स्पेनको मजबुत रक्षापंक्ति र उत्कृष्ट रणनीतिका सामु गोल गर्ने कुनै स्पष्ट अवसर सिर्जना गर्न सकेन। बाँकी समयमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि स्पेनले २-० को जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो ।

    यो जितसँगै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ भने उपाधि दाबेदार मानिएको फ्रान्सको यात्रा सेमिफाइनलमझैँ सकिएको छ । अब स्पेनले ऐतिहासिक उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij