सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रथम जिल्ला स्तरीय सुनचाँदी व्यवसायी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रथम जिल्ला स्तरीय सुनचाँदी व्यवसायी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

images
  • 177
    SHARES

  • images
    images
    images
    प्रथम जिल्ला स्तरीय सुनचाँदी व्यवसायी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पन्न भएको छ। देवदह सुनचाँदी व्यवसायी संघ, रुपन्देहीको आयोजनामा सुनचाँदी व्यवसायीहरूबीच प्रतियोगिता आयोजना गरिएको थियो। सुनचाँदी व्यवसायीहरूबीच आपसी सद्भाव, सहकार्य तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रथम जिल्ला स्तरीय सुनचाँदी व्यवसायी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको हो।

    कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले विगतमा संस्थाले पालिकालाई पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि सहकार्य र सहजीकरण गर्दै अगाडि बढ्ने बताउनुभयो। उहाँले खेलकुद कार्यक्रमले व्यवसायीहरूबीच एकता र आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

    images
    images
    images

    प्रतियोगितामा खुल्ला पुरुष डबल तर्फ सुरज बराल र राज खातीको जोडी प्रथम हुँदै रु. ११,००० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। त्यस्तै सुवास खाती र बिमल बिकको जोडी द्वितीय हुँदै रु. ६,६०० नगदसहित मेडल र प्रमाणपत्र र बिमल रिजाल र सुरेन रामदामको जोडी तथा पुष्कर बिक र कृष्ण सेन्चुरीको जोडी संयुक्त तृतीय हुँदै रु. ४,८०० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    त्यसैगरी भेट्रान्स (४५+) तर्फ शंकर बिक र मनोज कुमार बिकको जोडी प्रथम हुँदै रु. ११,००० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । धुर्व लाम्गाडे र विशाल सुनारको जोडी द्वितीय हुँदै रु. ६,६०० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त तथा दिपेन रसाइली र राम बहादुर रसाइलीको जोडी तथा तिलक बिक र धन बहादुर बिकको जोडी संयुक्त तृतीय हुँदै रु. ४,८०० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोज सुवास खातीले जानकारी दिनुभयो ।

    कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रम संघका अध्यक्ष इन्द्र बहादुर सुनारको अध्यक्षता, उपाध्यक्ष सुमन विश्वकर्माको स्वागत र सचिव कमल गहतराजको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij