सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज

राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज

images
  • 546
    SHARES

  • images
    images
    images
    राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज
    images
    images
    images

    नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

    काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्व सांसद राजन केसी लगायत सहभागी थिए ।

    images
    images
    images

    गणेशमान सिंहसँग सम्बन्धित कार्यक्रममा सधैं सहभागी हुने गरेका उनका छोरा एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह भने आजको कार्यक्रममा देखिएनन् । प्रकाशमान अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले जनाएको छ ।

    गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

    राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए ।

    images
    images
    • आइतवार, कार्तिक २४ २०७६०५:४१:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij