सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

डा. केसीको स्वास्थ्य अवस्था विग्रियो : सुरक्षित स्थानमा लैजान डडेल्धुरा अस्पतालकाे अपिल

डा. केसीको स्वास्थ्य अवस्था विग्रियो : सुरक्षित स्थानमा लैजान डडेल्धुरा अस्पतालकाे अपिल

images
  • 674
    SHARES

  • images
    images
    images
    डा. केसीको स्वास्थ्य अवस्था विग्रियो : सुरक्षित स्थानमा लैजान डडेल्धुरा अस्पतालकाे अपिल
    images
    images
    images

    चिकित्सा शिक्षा सुधारको माग गर्दै ७ दिनदेखि असनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिदै गएको छ। आज डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रिदै गएकोले अन्यत्र लैजान अपिल गरिएको छ।

    डाक्टर केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको र शारिरिक अवस्था पनि कमजोर बन्दै गएकोले उनलाई सुरक्षित स्थानमा लैजान डडेल्धुरा अस्पतालले अपिल गरेको हो। 

    images
    images
    images

    अस्पतालमा आईसियु, एविजी सेवा नरहेको र दक्ष जनशक्तिको अभाव भएकोले अन्यत्र लैजान अपिल गरिएको डडेल्धुरा अस्पतालका मेसु डाक्टर जितेन्द्र कडेलले बताए। डडेल्धुरा अस्पतालबाट कुनै पनि किशिमको जटिलता व्यवस्थापन गर्न सकिने अवस्था नरहेको समेत कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ। 

    डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए। डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। 

     

    images
    images
    • सोमवार, कार्तिक २५ २०७६०४:५३:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij