सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

झण्डै ११ खर्ब पुग्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार

झण्डै ११ खर्ब पुग्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार

images
  • 822
    SHARES

  • images
    images
    images
    झण्डै ११ खर्ब पुग्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा  ३६ हजार
    images
    images
    images

    नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।

    महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म तीन महिनामा सरकारले कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण तिरेको पनि छ । यसअनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक थपिएको हो । अब नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ ।

    images
    images
    images

    यसमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड सार्वजनिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण हो । कुल सार्वजनिक ऋणलाई तथ्यांक विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जनालाई भाग लगाउँदा एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

    चालु आवको तीन महिनामा सरकारले बहुराष्ट्रिय निकायबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाता (देशहरु)बाट ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ । यस अवधिमा सरकारले कुल २६ करोड ५ लाख रुपैयाँ आन्तरिक उठाएको छ । यसरी तीन महिनामा मात्र कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

    अर्थ मन्त्रालयको तथ्यांक अनुसार सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत पुगेको छ । अहिले नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋण कूल ग्रार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत हो । सार्वजनिक ऋणमध्ये विदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको १८.२३ र आन्तरिक ऋणको हिस्सा १३.०९ प्रतिशत रहेको तथ्यांक छ । अघिल्लो आवको अन्तिम (असार २०७६) सम्म सार्वजनिक ऋण कुल ग्रार्हस्थ उत्पादनको ३०.०६ प्रतिशत रहेको थियो ।

    कहाँबाट कति ऋण ?

    तीन महिनाको अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । विश्व बैंक ग्रुपअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएन (आइडीए)बाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण प्राप्त गरेको हो ।

    एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । द्विपक्षीय मुलुकमध्ये सबैभन्दा बढी भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण प्राप्त भएको छ ।

    · विश्व बैंक : ११ अर्ब ८७ करोड

    · एसियाली विकास बैंक : ६ अर्ब २१ करोड

    · भारत : २ अर्ब ३३ करोड ९१ लाख

    · जापान : १ अर्ब ४४ करोड १६ लाख

    · चीन : ९० करोड ८८ लाख

    · कोरिया : २९ करोड ७९ लाख

    · साउदी अरेबिया : ५ करोड २२ लाख

    नेपालले तीन महिनाको अवधिमै साढे ६ अर्ब ऋण तिरेको छ । महालेखाको तथ्यांक अनुसार यस अवधिमा बाह्य ऋण २ अर्ब ७२ करोड ६६ लाख र आन्तरिक ऋण ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ घटाइएको हो ।

    अनुदान समेत बढ्यो

    सरकारलाई विभिन्न निकायले दिने अनुदानमा समेत उल्लेख वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार तीन महिनामा सरकारले ७ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ ।

    यस्तो रकम अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२३.४ प्रतिशतले धेरै हो । उक्त आवको तीन महिनामा ३ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो । यस अवधिमा १५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ । अनलाइन खवरबाट

    images
    images
    • सोमवार, कार्तिक २५ २०७६०६:०७:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij