पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर तिन अन्तर्गत डान्सिंगकोटको दहबारीमा व्यवसायिक कृषि खेति गरिने भएको छ !
स्थानीय समाजसेबी स्वर्गीय नरमति थापाको स्मृतिमा स्थापना हुन लागेको नौरुपा स्मृति प्रतिष्ठान ,नौरुपा फाउन्डेसनले व्यवसायिक रुपमै
कृषि खेति गर्न लागेको हो !सुरुमा प्रतिष्ठानको दुइ बिघा जग्गा बाट खेति सुरु गरिने र उत्पादन बढ्दै गए पछि गाउको अन्य जग्गा पनि लिजमा लीएर खेति गरिने प्रतिष्ठानका बिबश थापा मगरले बताउनु भयो !
सुरुमा दहबारी गाउलाई व्यवसायिक रुपमा कृषिमा आत्मनिर्भर गराउने र पछि जिल्ला हुदै प्रदेश ५ कै नमुना कृषि उत्पादन क्षेत्रको रुपमा
बिकास गरिने थापाले बताउनु भयो !
नौरुपा फाउन्डेसनले स्थापना गर्न लागेको कृषि केन्द्र नौरुपा कृषि केन्द्रको नाममा संचालन हुनेछ !
नौरुपा फाउन्डेसनमा स्वर्गीय नरमति थापाको श्रीमान पूर्ण सिह थापा सस्थापक हुनुहुन्छ भने छोराहरु युवा व्यवसायी तथा पत्रकार प्रेम थापा ,युवा उद्योगी प्रितम कुमार थापा र निर्मल थापा सल्लाहकार हुनुहुन्छ !
त्यस्तै परिवारका अन्य सबै सदस्य रहने गरि फाउन्डेसन स्थापना गरिने सल्लाहकार मध्यका निर्मल थापाले बताउनु भयो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij