सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज : १६ खेलमा हुँदैछ प्रतिस्पर्धा

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज : १६ खेलमा हुँदैछ प्रतिस्पर्धा

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज : १६ खेलमा हुँदैछ प्रतिस्पर्धा
    images
    images
    images

    काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (बुधबार) १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
    काठमाडौं र पोखरामा हुने प्रतियोगितामा आज १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारत १९ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ ।
    सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

    जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

    images
    images
    images

    फुटबल :

    पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ ।

    मंगलबार भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको दुई गोल मद्धतमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।

    क्रिकेट :

    साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ ।

    पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।

    यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू-२३ ले भुटानको सामना गर्नेछ ।

    कराते :

    बुधबार नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा हुने करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

    पुरुष व्यक्तिगत कुमुतेतर्फ ५० केजीमा सोनाम लामा र महिलातर्फ ६८ केजीमा अनुपमा मगरले खेल्नेछिन् ।

    यसैगरी महिला टिम कुमुतेतर्फ रिता कार्की, सनी तामाङ, एस्टर राई र अस्मिता वाईबाले खेल्नेछिन् । पुरुष टिम कुमुतेतर्फ बिनोद शाक्य, दिगम्बर पन्त, लेखनाथ मैनाली, सुशिल पौडेल, नबिन रसाईली, मुकुन्द महर्जन र अर्जुन बागचनले खेल्नेछन् ।

    करातेमा नेपालले ९ स्वर्ण जिकिसकेको छ ।

    उसु :

    उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । नेपालको पुरुषतर्फ दुई खेल रहेको छ । पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् ।

    अन्य स्पर्धाको खेलहरु समेत हुनेछ । तर, स्वर्णको तय भने हुनेछैन ।

    सुटिङ :

    मंगलबारबाट शुरु भएको सुटिङतर्फ विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ ।
    सुटिङमा नेपाल पदक विहिन रहेको छ ।

    तेक्वान्दो :

    तेक्वान्दोमा बुधबार विभिन्न खेलहरु हनेछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार गेरुगीतर्फ प्रतिस्पर्धा हुनेछ ।

    तेक्वान्दोको अहिलेसम्म ९ स्वर्ण जितिसकेको छ ।

    एथ्लेटिक्स :

    एथ्लेटिक्सतर्फ बुधबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट एथ्लेटिक्सको ९ स्पर्धा शुरु हुनेछ ।

    खो खो :

    खो खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित गर्दा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हराएको थियो ।

    पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

    ब्याडमिन्टन :

    पोखरामा हुने ब्याडमिन्टनतर्फ बुधबार एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछ । नेपालले एकलमा खराब प्रदर्शन गर्दा डबल्स र मिक्स डबल्समा सुधारिएको प्रदर्शन गरिरहेको छ ।

    नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

    गल्फ :

    गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट खेल शुरु हुनेछ । पुरुष ब्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् । पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ ।

    गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

    टेबल टेनिस :

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार विभिन्न स्पर्धामा खेल हुनेछ । मंगलबार नेपालले पुरुष टिममा रजत र महिला टिममा कास्य जितेको छ ।

    टेनिस :

    सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । टिम इभेन्ट्सको पुरुष र महिलातर्फ नेपालको दुवै टिम बाहिरिसकेको छ ।

    ट्रायथलन :

    पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत बुधबार १ स्वर्णको लागि खेल हुनेछ ।

    मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

    यस अघि नेपालले दुई स्वर्ण जितिसकेको छन् ।

    ह्यान्डबल :

    पोखरामा ह्यान्डबल बुधबार शुरु हुनेछ । पहिलो दिन चार खेल हुनेछ ।

    महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ । पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

    साइक्लिङ :

    साग अन्तर्गत साइक्लिङतर्फ बुधबार विभिन्न स्पर्धाको शुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

    कब्बडी :

    कब्बडीको खेल बुधबारबाट शुरु हुनेछ । कब्बडी एपीएफ मैदानमा खेल्नेछ ।

    Capture.PNG

    images
    images
    • बुधवार, मंसिर १८ २०७६०२:०४:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij