निर्मल एसपी मगर
प्रदेश नम्बर पाच अन्तर्गत रुपन्देहीको देवदहमा रहेको लोकेश्वर शिब पञ्चायन मन्दिरमा हिजो बाट श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । प्राचिन एतिहासिक धार्मिक र आध्यात्मिक क्षेत्रको रुपमा रहेको देबदहमा जेष्ठ नागरीक मिलन केन्द्र र संस्कृत पाठशाला संञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो !महायज्ञको दोस्रो दिन आज नगद तिन लाख चौरानब्बे हजार रुपैया दान रकम संकलन भएको महायज्ञ मूल समितिका संयोजक रुद्रमान ढकालले जानकारी दिनुभएको छ !
मंसिर १८ गते सुरु भएको महायज्ञ मंसिर २६ गते सम्म सञ्चालन हुनेछ । महायज्ञमा पण्डित पुरुषोत्तम बस्यालले कथा वाचन गर्दै हुनुहुन्छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij