सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीको तिलोत्तमा पछि सैनामैना नगरपालिका पनि प्लाष्टिक मुक्त हुदै !

रुपन्देहीको तिलोत्तमा पछि सैनामैना नगरपालिका पनि प्लाष्टिक मुक्त हुदै !

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको तिलोत्तमा पछि सैनामैना नगरपालिका पनि प्लाष्टिक मुक्त हुदै !
    images
    images
    images

    २० मंसिर, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा प्लाष्टिकजन्य पदार्थको प्रयोग निषेध गर्ने तयारी भएको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक वर्षअघि नगरपालिकालाई प्लाष्टिकजन्य वस्तु निषेध क्षेत्र घोषणा गरिसकेको छ ।

    प्लाष्टिक निषेध क्षेत्र घोषणा गर्ने विषयमा नगरभित्रका राजनीतिक दल, व्यवसायिक र सामाजिक संघसंस्था एवं स्थानियले सहयोग गर्ने ऐक्यवद्धता जनाएका छन् ।
    शुक्रबार नगरपालिकाले प्लाष्टिकजन्य पदार्थ निषेध सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरी सरोकारवाला पक्षको ऐक्यवद्धता पाएपछि एक महिनाभित्र घोषणा गरिने नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

    images
    images
    images

    प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा ठूलो असर पुर्‍याउने भएकाले यसलाई निषेध गर्ने निचोडमा पुगेको कार्कीले बताए । ‘नगरभित्रका सबै संघसंस्था र स्थानीयको ऐक्यवद्धतापछि एक महिना तयारी गरेर प्लाष्टिक निषेध घोषणा गर्छौं’, मेयर कार्कीले भने, ‘यसका लागि ५० लाख वजेट खर्च गर्दैछौं ।’ नगरपालिकाले वर्षौंसम्म नकुहिने प्लाष्टिकको सट्टा एक वर्षमा कुहिने खालको झोला मात्रै प्रयोगमा ल्याउने गरी तयारी भइरहेको उनले बताए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्लाष्टिकको विकल्पमा फाइबर र कपडाको झोला बनाउने उद्योग र उत्पादनलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताए ।

    अभिमुखीकरणमा नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा र नेकपा नगर अध्यक्ष चेत नारायण न्यौपानेले सैनामैनालाई प्लाष्टिक निषेध क्षेत्र बनाउन आफुहरुको सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

    स्थानीय आमा समूह, युवा क्लबहरुले नगरपालिकाको पहल सराहनीय रहेको भन्दै कार्यान्वयनमा साथ दिने प्रतिवद्धता जनाए । यसअघि सैनामैना नगरपालिकाले नगरलाई स्वच्छ राख्न फोहोमैला जलाउन निषेध गरेको छ ।

    Capture.PNG

    images
    images
    • शनिवार, मंसिर २१ २०७६०२:१२:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij